Daily Archives: February 16, 2017

१० रोगहरुको उपचारको लागि अम्बाको पात – औषधि

10 health benefits of guava leaves

हामीले खाने अम्बाको पातले प्राकृतिक औषधिको रुपमा काम गर्दछ । यो पातले तौल घटाउनुका साथै तीव्रज्वरो , झाडापखाला ,आउँ जस्ता रोगहरुसँग लड्नको लागि मद्धत गर्दछ । यसैगरी निम्न १० रोगहरुको उपचारको लागि अम्बाको पातले औषधिको रुपमा काम गर्दछ ।

guava leaves for diabetic

१) मधुमेह रोगको लागि लाभदायक:
जापानको याकुल्टा सेन्ट्रल इन्ष्टिच्युटमा भएको एक अनुसन्धानबाट पत्ता लगाइएको छ की अम्बाको पातमा ग्लुकोज कम गर्ने क्षमता हुन्छ । यसले शरीरको माल्टोज र सुक्रोजको मात्रालाई घटाउँछ । १२ हप्तासम्म अम्बाको पातलाई पानीमा उमालेर पिउनुहोस् यसले शरीरको चीनीको मात्रालाई कम गराउँछ ।

guava leaves for controlling cholesterol

२) कोलेस्ट्रोल कम गर्छ :
३ महिनासम्म अम्बाको पातको प्रयोगले राम्रो कोलेस्ट्रोलमा प्रभाव नगरिकनै नराम्रो कोलेस्ट्रोललाई हटाउन मद्धत गर्दछ । यसको साथै अम्बाको पातले कलेजोलाई पनि राम्रो प्रभाव पार्दछ ।

guava leaves for diarrhea

३) आउँ र झाडापखालको लागि :
अम्बाको पातले आउँ र झाडापखालाको लागि प्राकृतिक औषधिको रुपमा काम गर्दछ । झाडापखालाको औषधिको लागि ३० ग्राम अम्बाको पातलाई एक लिटर पानीमा एक वा दुई मुठ्ठी चामलको पीठोसँग उमाल्नुुहोस् । यस मिश्रणलाई दिनमा दुईचोटि पिउनुहोस् । आउँको उपचारको लागि अम्बाको पातलाई २० मिनेटसम्म ९० डिग्री सेल्सियसको तापक्रममा उमाल्नुहोस् । त्यसपछि पानीलाई छानेर पानी चिसो भएपछि पिउनुहोस् ।

guava leaves for digestion

४) पाचनप्रणालीलाई बलियो बनाउँछ :
अम्बाको पातमा पेटको समस्या हटाउने गुण हुन्छ । यस्ले पेटको हानिकारक ब्याक्टेरियालाइ हटाउँछ । र आंद्रालाई सफा बनाई राख्न मद्धत गर्दछ । विषादि खाना , वान्ता हुने स्थितिमा पनि अम्बाको पात लाभदायक हुन्छ । पेट दुख्ने समस्यालाई हटाउनको लागि ८–१० वटा अम्बाको पातलाई १.५ लीटर पानीमा उमालेर पिउनाले आराम मिल्दछ ।

guava leaves for weight loss

५) तौल घटाउन मद्धत गर्छ :
अम्बाको पातले कम्प्लेक्स स्टार्चलाई चीनीमा बदल्न दिदैंन । जस्को फलस्वरुप शरीरमा अनावश्यक क्यालोरी बन्न नदिई तौल घटाउन सहयोग गर्दछ ।

guava leaves for cough

६) स्वासनलिसम्बन्धि उपचारमा लाभदायक :
अम्बाको पातले फोक्साको बाटो राम्रो बनाई खोकी कम गर्छ । र स्वासनलिसम्बन्धि समस्याबाट आराम दिलाउँछ ।

guava leaves for teeth problem

७) दाँतको र गिजाको लागि :
दाँत दुख्ने , गिजा सुनिने जस्ता अवस्थामा पनि अम्बाको पातको प्रयोग लाभदायक हुन्छ । अम्बाको पातमा सुनेको कम गर्ने गुण हुन्छ । अम्बाको पातबाट बनेको पेस्टले सधैं ब्रश गर्नाले दाँतलाई धेरै फाईदा पुर्याउँछ ।

guava leaves for fever

८) तीब्र ज्वरोको लागि पनि लाभदायक :
अम्बाको पातमा ब्लड प्लेटलेट्स बढाउने शक्ति हुन्छ । जस्को कारणले गर्दा तीब्रज्वरोको लागि अम्बाको पात धेरै फाइदाजनक हुन्छ । तीब्रज्वरोको लागि अम्बाको ८–९ पातलाई ५ कप पानीमा राखेर उमाल्नुहोस् । पानी घटेर ३ कप बाँकी भएपछि निकाल्नुहोस् । र दिनमा ३ पटकसम्म रोगीलाई पिलाउनुहोस् ।

guava leaves for prostate cancer

९) प्रोस्टेट क्यान्सरको लागि फाइदाजनक :
अम्बाको पातले प्रोस्टेट क्यान्सरलाई रोक्नको लागि मद्धत गर्दछ ।

guava leaves for increasing chromosome count

१०) शुक्राणु निर्माण :
अम्बाको पातको प्रयोगले वीर्यमा शुक्राणुको निर्माण छिटो हुुन्छ ।

Share This:

Published by: