Daily Archives: October 30, 2017

सुत्नुभन्दा अगाडि एक गिलास दुध पिउनुका फाइदा जानी राखौं

दुध पिउनु स्वास्थ्यको लागि निकै फाइदाजनक मानिन्छ बिहानको तुलनामा राती दुध पिउँदा थुप्रै हर्मोनले प्रभावकारी रुपमा काम गर्दछ

यसकारण राती दुध पिउनुपर्छः
दुधमा ट्रिप्टोफेन नामको तत्व पाइन्छ जसले शरिरलाई रिल्याक्स बनाउँछ राती सुत्नुभन्दा पहिले दुध पिउँदा मिठो निन्द्रा लाग्छ । राती दुध पिउँदा मेटाबोलिजमको प्रक्रिया तीब्र हुन्छ जसका कारण तौल तीब्र रुपमा कम हुन्छ । बिहानको समयमा दुध पिउँदा कब्जियत हुनसक्छ त्यसकारण विशेषज्ञ पनि राती दुध पिउने सल्लाह दिन्छन्

मिठो निन्द्रा लाग्नमा सहयोगीः
दुधमा पाइने ट्रिप्टोफेन नामक एमिनो एसिडले दिमागलाई शान्त बनाएर तनाव हटाउँछ निन्द्रा राम्रो लाग्न सहयोग गर्दछ

पाचन क्रिया राम्रो बनाउन सहयोगीः
दुधमा पाइने पानीलेडाइजेस्टिभ ट्र्याकको सफाई गरेर बेलुका खाएको मसालेदार खानालाई पचाउन सहयोग गर्दछ

स्ट्रोकबाट बचाउँछ
जापानमा भएको सोधका अनुसार दुधमा पाइने क्याल्सियमले स्ट्रोकबाट बचाउँछ

रक्तचाप नियन्त्रणः
दुधमा पाइने क्याल्सियम, पोटासियम म्याग्नेसियम जस्ता मिनरल्सले रक्तचापलाई नियन्त्रण गरेर उच्च रक्तचापको समस्याबाट जोगाउँछ

मांसपेशी बनाउनः
दुधमा सेसिन ह्वे प्रोटिन हुन्छ जसले मांसपेशीलाई बलियो बनाउँछ बडि बिल्डिङका लागि यिनै प्रोटिनको प्रयोग हुन्छ

बलियो हड्डीः
एक ग्लास दुधमा पुरुषको दैनिक आवश्यक पर्ने ३७ प्रतिशत क्याल्सिम हुन्छ यसले हड्डी बलियो हुन्छ

ऊर्जावान् ताजाः
दुधमा पाइने क्याल्सियम, सोडियम पोटासियम जस्ता इलेक्ट्रोलाइट्सले शरिरलाई ऊर्जावान् ताजा राख्न सहयोग गर्दछ

फ्याट बर्निङः
दुधमा पाइने क्याल्सियम, मिल्क प्राटिन्ससँग मिलेर फ्याट बर्निङ प्रक्रियालाई तीब्र बनाउँछ यसले मोटोपनाबाट पनि बचाउँछ

Share This:

Published by: