Daily Archives: June 8, 2020

लकडाउन छ, घरैमा औषधि चाहियो ? अनलाइन औषधिलाई सम्पर्क गर्नुस्

लकडाउन छ । घरमा औषधि चाहिएको छ । यो समयमा सबैको सहयोगी बनेको छ । अनलाइन औषधि ।

फोन गरेर, इमेल गरेर वा म्यासेज पठाएर यी सबै कार्य गर्न सकिन्छ । अनलाइन औषधिका प्रतिनिधि घरैमा आइपुग्छन् ।

हाल यसरी घरैमा औषधि उपलब्ध गराउने धेरै अनलाइन सुविधा उपलब्ध छन् । तर अनलाइन अ‍ैषधि भने यसरी सेवा उपलब्ध गराउने पहिलो संस्था भएको यसका सञ्चालक सञ्जिव सिंह बताउँछन् । अनलाइन औषधि नेपालकै पहिलो अनलाइन फार्मेसी सिष्टम भएको उनको दावी छ ।

अनलाइन औषधिले यो भन्दा पहिले २०७२ सालको महाभूकम्पको समयमा पनि यसरी नै सेवा उपलब्ध गराएको थियो ।

यो कार्यमा सञ्जिव र उनकी बहिनी सबी सिंहको आइडियाले भूमिका खेलेको छ । उनीहरुले राजधानीको कालिमाटीस्थित एसएम फर्मा समेत सञ्चालन गरिरहेका छन् । सो फर्मा कालिमाटी क्षेत्रमा पहिले देखि नै प्रचलित लोकप्रिय औषधि पसल हो । उनीहरुले त्यही फर्मालाई अहिले अलि फरक तरिकाले चलाएका हुन् ।

पहिले देखि नै प्रचलित औषधि पसलमार्फत औषधि उनीहरुले अहिले ग्राहकको घरैमा पु-याइरहेका छन् ।अनलाइन औषधिले अन्य फार्मेसीले जस्तै विरामीलाई औषधि उपलब्ध गराउने भए पनि यसको प्रक्रिया मात्र फरक भएको बताइएको छ । सञ्जिव भन्छन् ‘हामीले विरामीको घर वा अफिसमै औषधि पु¥याइदिन्छौ । यसका लागि फार्मेसी सम्म पुग्नु पर्दैन ।’

अनलाइन औषधिको यात्रा सामान्य रुपमा प्रारम्भ भएको थियो । बी.इ.आई.टी पढ्दै गर्दा सञ्जीवले कलेजमा एउटा प्रोजेक्ट बुझाउनुपर्ने थियो, सूचना(प्रविधिमा आफ्नो दक्षता प्रदर्शन गर्न । उनले छानेको प्रोजेक्टले सबै जना आश्चर्यमा परे ।

‘मैले यस्तो सफ्टवेयर बनाएँ, जसको प्रयोगले औषधी पसलको स्टक व्यवस्थापन गर्न सकिन्छ’, उनले भने, ‘औषधी पसलमा थुप्रै औषधी हुन्छन्, कुन चाहिँको मिति सकियो र कुनको स्टक सकियो हेरिरहन निकै गाह्रो हुन्छ ।’

उनले बनाएको सफ्टवेयरले यो सबै समस्या केही हदसम्म समाधान गरिदिएको थियो ।

उनीहरूका बुवा सूर्यमान सिंहको केही वर्षअघि निधन हुँदा उनीहरूको औषधि पसल ‘अटो पाइलट’ मा गइसकेको थियो । औषधिका थोक बिक्रेताले सबै सामान आफैं ल्याइदिन्थे । पसल चलाउँन खासै मिहिनेत नलाग्ने भइसकेको थियो । कलेज सकेर सबी भने स्वास्थ्य सेवा विभागमा काम गर्न थालिसकेकी थिइन् ।

सञ्जीव भने एउटा आइटी कम्पनीमा संलग्न थिए । अनलाइन औषधी पसलको आइडिया भने उनीहरूलाई निकै पछि मात्रै आएको थियो ।

अनलाइन औषधिमार्फत औषधि अर्डर गर्नका लागि विभिन्न बिकल्प उपलब्ध छन् । प्रविधिका अन्य माध्यम उपयोग गर्न नजाने पनि सामान्य रुपमा फोन गरेकै भरमा पनि औषधि अर्डर गर्न सकिन्छ ।

‘एकदिन अफिसका साथीहरूसँग कुरा गर्दै गर्दा मैले आफूले पहिले औषधी पसल व्यवस्थापन गर्ने सफ्टवेयर बनाएको कुरा गर्दै थिएँ’, उनी भन्छन्( ‘त्यत्तिकैमा एक जना साथीले सोधे, ‘अनलाइन औषधी पसल किन नखोल्ने त ?’

धेरै समय अनलाइन औषधी पसलको कुरा उनको दिमागमा चलिरह्यो । केही दिनपछि उनले यो विषयमा बहिनी सबीसँग कुरा गरे । सबीले तुरून्तै सकारात्मक प्रतिक्रिया दिइन् ।

‘हामीले काम सुरू गर्दा काठमाडौंमा अनलाइन व्यापार निकै फस्टाएको थियो । इलेक्ट्रोनिक्स र लुगा अनलाइन किन्न पाइन्छ, तर औषधी किन किन्न पाइन्न रु’, यो सोच जन्मिँदाको समय सम्झन्छिन् उनी ।

छिटै सबै तारतम्य मिल्दै गयो र कामले गति लियो । उनीहरूले आफ्नो बलिया पक्षहरूको बारेमा बल्ल जानकारी पाए । उनीहरूसँग नेपालभर फैलिएको औषधी व्यवसायको सञ्जालमा पहुँच थियो र त्यसको प्रयोग गरेर सबैजसो औषधी मगाउन सकिन्थ्यो, त्यो पनि निकै छोटो समयमा । सञ्जीवले नयाँ कम्पनीका लागि सफ्टवेयर बनाए ।

केही महिनाभित्रै दुवै जना मिलेर नयाँ कम्पनी दर्ता गरे, घर-घर औषधि ‘डेलिभरी’ गर्ने ।

त्यसपछि यसले औषधि डेलिभरी गर्ने काम गरिरहेको छ । तर यसरी औषधि पु¥याउने काम मात्र अनलाइन औषधिले गर्दैन । यसका साथै विरामीको सम्पूर्ण रेकर्ड राखेर बीचमा समेत औषधिका लागि सम्झाउने र झक्झक्याउने काम समेत गर्छ । अनलाइन औषधिले ग्राहकको सबै प्रेस्क्रिप्सन रेकर्ड राख्ने र पुरै ट्रिटमेन्ट हिस्ट्री नै हेर्न मिल्ने गरी राख्छ । यसको अर्थ कुनै पनि ग्राहकको हेल्थ बायोडाटा तयार गरेर राख्छ । यसका आधारमा ग्राहकको सम्पूर्ण विवरण कुनै पनि समयमा हेर्न सकिन्छ ।

विरामीको औषधि सकिने समय भयो भने पहिले नै कल गरेर सम्झाउने काम पनि अनलाइन औषधिले गर्छ । त्यसैगरी उनीहरुका लागि आवश्यक औषधि कमसेकम तीन महिनाका लागि पुग्ने गरी स्टक समेत राख्ने गर्छ ।

ग्राहकका लागि यी वाहेक अन्य विभिन्न जानकारीमूलक सामग्री समेत अनलाइन औषधिले उपलब्ध गराउदै आएको छ । उनीहरुको स्वस्थ जीवनका लागि विभिन्न टिप्सहरु उपलब्ध गराउने उद्देश्यले ब्लग साइट नै उपलब्ध गराएको छ । यहाँ स्वास्थ्यका लागि आवश्यक टिप्सहरु अध्ययन गर्न र व्यवहारमा लागू गर्न सकिन्छ । त्यसैगरी वेबपोर्टल https://www.onlineaushadhi.com/ मार्फत विभिन्न औषधिहरुको विस्तृत विवरण थाहा पाउन सकिन्छ । यसमा ३० हजार भन्दा बढी औषधिको वारेमा जानकारी लिनुका साथै अन्य हेल्थ इक्विपमेन्टको वारेमा समेत थाहा पाउन सकिन्छ ।

यसको फेसबुक पेज https://www.facebook.com/healthtips.onlineaushadhi/ मार्फत पनि धेरै कुरा थाहा पाउन सकिन्छ ।

अनलाइन औषधिमार्फत औषधि अर्डर गर्नका लागि विभिन्न बिकल्प उपलब्ध छन् । प्रविधिका अन्य माध्यम उपयोग गर्न नजाने पनि सामान्य रुपमा फोन गरेकै भरमा पनि औषधि अर्डर गर्न सकिन्छ । यसका लागि ९८४१५६८५६८ मा कल गर्न सकिन्छ । त्यसैगरी फेसबुक म्यासेन्जर, भाइबर र ह्वाट्सएपमा म्यासेज गर्न सकिन्छ । त्यसैगरी इमेलमार्फत पनि अर्डर गर्न सकिन्छ ।

Source : https://nepalauto.com/online-ausadhi-for-home-delivery-of-medicine

Share This:

Published by: